बाँके प्रहरीले ठूलो मात्रामा लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय, जमुनाहाले नाकामा जाँच गर्दा भारतबाट नेपाल आइरहेका दाङका गौरव बुढाथोकी र बाँके राप्तीसोनारीका सुवास विकलाई ५५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
दाङ तुलसीपुरका बुढाथोकीले भित्रीबस्त्र पेन्टीभित्र लुकाएर ४८ ग्राम ब्राउनसुगर ल्याएका थिए। प्लाष्टिकले बेरेर दुई वटा पोका बनाई पेन्टीभित्र राखिएको अवस्थामा प्रहरीले बुढाथोकीबाट ब्राउनसुगर बरामद गरेको थियो ।
राप्तीसोनारीका विकले जुत्ताभित्र राखेर सात ग्राम ब्राउनसुगर ल्याएका थिए। दाहिने खुट्टाको जुत्ताभित्र राखेर ब्राउनसुगर ल्याएका विकलाई शंका लागेर जाँच गरिएको थियो ।
दुबै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज पठाइएको छ।
प्रकाशित मिति : २०७८ मंसिर २९ गते बुधबार
प्रतिक्रिया दिनुहोस्