बलात्कार गर्ने शिक्षक रावलले अश्लिल भिडियो बनाएको भन्दै छात्रालाई धम्की दिँदै आएका थिए । ‘शिक्षक रावलले भिडियो बनाएको भन्ने आएको छ,’ पीडित बालिकालाई उदृढ गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खिमबहादुर घर्ती मगरले भने, ‘बलात्कार गर्न दिने भए दे, नत्र भिडियो सार्वजनिक गरेर तेरो बदनामी गरिदिन्छु भन्दै धम्क्याउनु भएको रहेछ ।’
बाँकेस्थित नेपालगन्जमा रहेको नेपालगन्ज टेक्निकल कलेजमा अध्ययनरत एक छात्रा आफ्नै शिक्षकबाट बलात्कृत भएकी छिन् ।
नेपालगन्ज कारकाँदोस्थित स्प्रीङडेल एकेडेमीका अध्यक्ष तथा प्लस टू तर्फका फाउण्डर प्रिन्सिपल हिक्मत रावलले छात्रालाई विभिन्न प्रलोभन तथा धम्की दिएर बलात्कार गरेको प्रहरीमा जाहेरी परेको छ ।
साउन १० गते विभिन्न प्रलोभन देखाएर आफूलाई शिक्षक रावलले बलात्कार गरेको पीडित छात्राले आफ्नो जाहेरीमा उल्लेख गरेकी छिन् । ‘मलाई साउन १० गतेदेखि बलात्कार गर्न सुरु भयो,’ उनले जाहेरीमा उल्लेख गरेकी छिन्, ‘कहिले होटेलमा बोलाउने त कहिले आफू बस्ने कोठामा सिकाउने बहानामा आएर पटकपटक बलात्कार गर्नुभयो ।’ पछिल्लो समय अति भएपछि आफू न्यायका लागि प्रहरीसमक्ष पुगेको पीडित छात्राले बताएकी छिन् ।
बलात्कार गर्ने शिक्षक रावलले अश्लिल भिडियो बनाएको भन्दै छात्रालाई धम्की दिँदै आएका थिए । ‘शिक्षक रावलले भिडियो बनाएको भन्ने आएको छ,’ पीडित बालिकालाई उदृढ गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खिमबहादुर घर्ती मगरले भने, ‘बलात्कार गर्न दिने भए दे, नत्र भिडियो सार्वजनिक गरेर तेरो बदनामी गरिदिन्छु भन्दै धम्क्याउनु भएको रहेछ ।’
यस विषयमा मंसिर २३ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । रावललाई पक्राउ गरेर २४ गते अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरी निरीक्षक घर्ती मगरले बताए । ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।
पीडित १७ वर्षीया बालिकाले इन्जिनियरिङ पढ्दै आएकी थिइन् । पीडित छात्राको स्वास्थ्य परीक्षणसमेत गरिएको छ । पछिल्लो समय बाँकेमा छात्राहरु विद्यालयमै असुरक्षित हुने गरेको छन् यसभन्दा अघि पनि बेलाबेला शिक्षकले छात्रालाई विभिन्न प्रलोभन देखाएर बलात्कार भएका घटनाहरु बाहिरिएका थिए ।










प्रतिक्रिया दिनुहोस्