कोहलपुर ।
खुकुरीसहित विद्यार्थी पक्राउ परेको विद्यालय (त्रिभुवन नमुना माध्यमिक विद्यालय) की प्रध्यानाध्यापक देवका बस्नेतले गैरजिम्मेवारीपूर्ण प्रतिक्रिया दिएकी छिन् ।
विद्यालयभित्रै खुकुरी लिएर जानेजस्तो सम्वेदशीन विषयमा पनि उनले मिसन टुडेलाई पदीय जिम्मेवारीभन्दा बाहिरीको जवाफ दिइन् ।
तपाईंले अध्यापन गराउने विद्यालय हाताभित्रै विद्यार्थीबाट खुकुरी बरामद भएछ नि ! भन्ने मिसन टुडेको प्रश्नमा उनले भनिन्, ‘विद्यार्थीको साथबाट खुकुरी बरामद हुनु सामान्य हो ।’ ‘इन्टरवल (मध्यान्न) को समयमा भएको घटना हो ।
हाम्रा हुन की बाहिरका विद्यार्थी हुन्, थाहा भएन,’ उनले भनिन्, ‘बाहिरका विद्यालयका विद्यार्थी पनि आएका थिए भन्ने सुन्नमा आएको छ । यस्तो हुनु सामान्य हो ।’
प्रकाशित मिति : २०७८ मंसिर २८ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्