कोहलपुर : यामाहाको आधिकारिक विक्रेता श्रेष्ठ टे«ड हबको आयोजनामा माइलेज च्यालेन्ज सम्पन्न भएको छ ।
मंगलबार हबको आयोजनामा स्वरुम मार्फत बिक्रि गरिएका स्कुटरहरुको माइलेज च्यालेन्ज आयोजना गरिएको हो ।
उक्त माइलेज च्यालेन्जमा कुल २२ जना सहभागी भएका थिए । सहभागीहरुलाई कोहलपुरस्थित स्वरुमबाट बैजनाथ १ मा रहेको गाभरमा सम्म लगिएको थियो । त्यहाँ सहभागी सबै व्यक्तिहरुको स्कुटरको माइलेज चेक गरियो ।
उक्त अवसरमा सहभागीहरुलाई विभिन्न प्रकारका मायाको चिनो प्रदान गरिएको थियो ।
श्रेष्ठ टे«ड हबका सञ्चालक प्रसन्न श्रेष्ठले स्वरुपबाट बिक्रि गरिएको स्कुटरहरुको अवस्था थाहा पाउन कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
प्रकाशित मिति : २०७८ मंसिर २८ गते मंगलबार




















प्रतिक्रिया दिनुहोस्