कोहलपुर ।
नियमनकारी निकायका उच्च तहका व्यक्तिलाई रकम बाँड्न क्रसर उद्योगहरुबाट केही रकम संकलन भएको स्रोतले मिसन टुडेलाई जनाएको छ । १६ वटा क्रसर उद्योगबाट प्रतिउद्योग एक(एक लाखका दरले रूपैयाँ संकलन भएको थियो ।
‘नियमनकारी निकायका उच्च व्यक्तिलार्ई दिने भन्दै १६ लाख रूपैयाँ संकलन भएको थियो,’ विश्वस्त स्रोतले भन्यो, ‘नियमनकारी निकायका उच्च व्यक्तिले १६ लाखमा चित्त बुझाएनन् ।
उनीको माग प्रतिव्यक्ति ३० लाखका दरले तीनजनालाई ९० लाख रूपैयाँ दाबी थियो । रकममा बार्गेनिङ चल्दै गर्दा अख्तियारले परिपत्र गरेको पत्र सार्वजनिक भएपछि रकम बाँडफाँड हुन सकेन ।’
स्रोतका अनुसार अख्तियारले गरेको परिपत्रसमेत नियमनकारी निकायका उच्च तहका व्यक्तिहरुले लुकाउन खोजिएको थियो ।
प्रकाशित मिति : २०७८ मंसिर २८ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्