दाङमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु



दाङ ।

तुलसीपुरबाट सल्यानको कपुरकोटका लागि छुटेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-३ श्रीखोला नजिक सडकमा तुलसीपुरबाट सल्यान कपुरकोटतर्फ जाँदै गरेको रा.१ ज ४३८ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ४ जनाको मृत्यु भएको हो । उनीहरुमध्ये ३ जनाको घटनास्थलमै र १ जनाको नेपालगंज नर्सिङ होम बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य १६ जनामध्ये २ जनाको कोहलपुर मेडिकल हल र ७ जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ भने ७ जना उपचार पश्चात डिश्चार्ज भएका छन् ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २७ गते सोमबार