जाजरकोट जाँदै गरेको यात्रुबहाक जीप आइतबार दिउँसो सुर्खेतको छिन्चु नजिकै दुर्घटना भएकोछ ।
भे १ ज ९१९ नम्बरको जीप छिन्चुको राजिगाउँ नजिक भेरिगंगा नगरपालिका जाने मोडमा दुर्घटना भएको हो ।
तीव्र गतिका कारण मोडमा जीप दुर्घटना भएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । जीपमा ९ जना यात्रु, एक बच्चा चालक रहेका थिए ।
दुर्घटनामा चार यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि जीप चालक भने फरार रहेका छन् ।

प्रकाशित मिति : २०७८ मंसिर २६ गते आइतबार










प्रतिक्रिया दिनुहोस्