काठमाडौं ।
उपत्यकासहित देशभर चिसो बढेको छ।
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको छ। शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री थियो।
न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ।
आगामी साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली ९कुण्ड० का कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री र अधिकतम तापक्रम २० दशमलव सात डिग्री सेल्सियस छ।
त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव सात डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३० दशमलव चार डिग्री सेल्सियस रहेको छ।









प्रतिक्रिया दिनुहोस्