कोहलपुरमा लैङ्गिक हिंसाविरुद्ध सडक नाटक



कोहलपुर ।

बाँकेको कोहलपुरमा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक सडक नाटक देखाइएको छ । कोहलपुर नगरपालिका, माईती नेपाल नेपालगन्ज र समाज सेवा संस्था नेपालको आयोजना शुक्रबार लैङ्गिक हिंसाविरुद्ध सडक नाटक प्रदर्शन गरिएको हो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कोहलपुरमा सचेतनामुलक सडक नाटक देखाइएको समाज सेवा संस्था नेपालका अध्यक्ष बिनोद थापाले जानकारी दिए ।

‘लैङ्गिक हिंसाविरुद्ध हामीले सडक नाटक प्रदर्शन गरेको हौं’ उनले भने, ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिन यो कार्यक्रम भएको हो ।’

नाटकमा लैङ्गिक हिंसा, हिंसा गर्नेलाई कानुनमा भएको व्यवस्था, समान ज्याला लगाएतका विषयमा नाटकमार्फत सचेतना प्रवाह गरिएको थियो । नाटकमा कलाकारहरु बिनोद थापा, शर्मिला घर्ती, रमिता चौधरी, महेन्द्र प्रकाश मल्ल, चन्द्र बिक, मनि बुढा, रमेश वर, लोकेन्द्र शाही लगाएतले अभिनय गरेका थिए ।

प्रकाशित मिति : २०७८ मंसिर २५ गते शनिबार