पहुँचवालालाई कुपन, सामान्य किसान रित्तो हात



कृषि ज्ञान केन्द्रले व्यवस्थितरुपमा लाइन व्यवस्थापन गर्न नसक्दा किसानलाई कुपन पाउन सास्ती भयो । धान भिœयाएको लामो समयसम्म पनि धान बिक्री गर्न नपाएका किसानहरु धान बिक्रीका लागि कुपन लिन किसानहरु कृषि ज्ञान केन्द्रमा पुगेका थिए । कृषि ज्ञान केन्द्रले कुपनपछि धान बिक्रीका लागि सिफारिस दिएपछि मात्र धान बिक्री हुने छ ।

तिलक गाउँले । नेपालगन्ज । 

बाँकेस्थित गनापुरका किसान रामसेवक यादव शुक्रबार धान बिक्रीका लागि कपुन लिन कृषि ज्ञान केन्द्र पुग्दा बिहानको आठ बजिसकेको थियो । उनी कृषि ज्ञान पुग्दा किसानहरुको पातलो उपस्थिति थियो ।

जब कुपन दिने समय आउन थाल्यो तब पातलो उपस्थित भीडमा परिणत भयो । घरबाट धान बिक्रीका लागि खुसी मुन्द्रामा आएका यादवको मुहार दिन घर्किन लाग्दा भने निराशामा परिणत भयो । कारण, ‘दिनभरि लाइन बस्दा पनि कुपन नपाउनु ।’

‘दिनभरि लाइन लाग्दा पनि एउटा कुपन पाउन सकेन,’ उनले भने, ‘उत्पादन गरेर मात्र के गर्नु धान बिक्री गर्नै समस्या छ ।’ किसानलाई धान उत्पादन गर्नुभन्दा बिक्री गर्नु कठिन भएको भन्दै उनले सहज कुपन पाउन नसकेको बताए । उनी जस्तै जानकी गाउँपालिकाका प्रवीण भगवान्ले पनि दिनभरि लाइनमा बस्दा कुपन पाएनन् ।

‘दिनभरि लाइनमा थिएँ,’ उनी भन्छन्, ‘अगाडिबाट मान्छेले कुपन लिएकोलिएइ थिए । तर पछाडिको लाइन अगाडि बढेन ।’ यता राप्तीसोनारी गाउँपालिका–५ बिनौनाका किसान राधेश्याम थारु कुपन लिनको लागि बिहानै ७ बजे कार्यालय पुगे पनि साँझतिर कुपन पाए । ‘भीडमा झगडा गरेर बल्लतल्ल कुपन पाइयो ।

सिफारिस लिने पालो कहिले आउने हो पत्तो छैन,’ उनले भने, ‘आफैँले दुःख गरेर फलाएको धान बिक्री गर्नसमेत यस्तो सास्ती भोग्नुपर्ने, जति सरकार आए पनि किसानका दुःख कहिल्यै नजाने भए ।’ शुक्रबार आफैँले फलाएको धान बिक्री गर्न कुपन लिन किसानहरुले कृषि ज्ञान केन्द्र बाँकेको परिसरमा सास्ती खेप्नु परेको छ ।

कृषि ज्ञान केन्द्रले व्यवस्थितरुपमा लाइन व्यवस्थापन गर्न नसक्दा किसानलाई कुपन पाउन सास्ती भयो । धान भिœयाएको लामो समयसम्म पनि धान बिक्री गर्न नपाएका किसानहरु धान बिक्रीका लागि कुपन लिन किसानहरु कृषि ज्ञान केन्द्रमा पुगेका थिए । कृषि ज्ञान केन्द्रले कुपनपछि धान बिक्रीका लागि सिफारिस दिएपछि मात्र धान बिक्री हुने छ ।

‘किसानको लालपूर्जालगायतका कागज हेरेर एक किसानले कति धान बिक्री गर्ने सिफारिस दिन्छौं,’ कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले भने, ‘हाम्रो सिफारिसपछि मात्र किसानले तोकिएको धान बिक्री गर्न पाउने छन् ।’ यति झन्झटिलो प्रक्रिया किसानलाई भनै हैरानी भएको छ । धान बिक्रीका लागि कृषि ज्ञान केन्द्रले आइतबारदेखि सिफारिस दिने उनले बताए । उनका अनुसार एउटा किसानलाई बढीमा ३० क्विन्टलसम्म मात्र बिक्रीका लागि सिफारिस दिन सकिने व्यवस्था गरिएको छ ।

‘हामीलाई सरकारी प्रक्रियाले धेरै झन्झटिलो बनाएको छ,’ डुडुवा गाउँपालिकाका किसान फत्ते थारुले भने, ‘हामीलाई धान बिक्रीका लागि सजिलो बनाइदिनु पर्छ ।’ ठूलो दुःखका साथ उत्पादन गरेको धान बिक्री पनि पहुँच चाहिने अवस्थाले अन्याय भएको उनको भनाइ छ । धान बिक्रीका लागि दिन लागिएको कुपन पहुँचवालालाई सहजै दिइएको र सोझा किसानलाई नदिइएको उनी बताउँछन् ।

प्रहरीले वितरण ग¥यो कुपन

धान बिक्रीको लागि सिफारिस लिने किसानको भीड धेरै भएपछि शुक्रबार प्रहरीको सहयोगमा कुपन वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेको परिसरमा किसानहरुको ठूलो भीड लागेपछि कर्मचारीको साटो प्रहरीले किसानलाई कुपन वितरण गरेको हो ।

सुरक्षाको कारण देखाउँदै कृषि ज्ञान केन्द्रका कर्मचारीहरु कार्यालय बाहिर आउन डराएपछि प्रहरीले किसानहरुलाई कुपन वितरण गरिदिएको थियो । वडा प्रहरी कार्यालय नेपालगन्जका ईन्चार्ज प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले कर्मचारीबाट सम्भव नदेखिएपछि आफूहरुले कुपन वितरण गरिदिएको बताए ।

‘किसानहरुको ठूलो भीड अव्यवस्थित भएकोले कर्मचारीबाट बाँड्न सम्भव देखिएन,’ उनले भने, ‘कर्मचारीहरुले तयार गर्नुभएको कुपन हामीले किसानहरुलाई बाँडिदिएका हौं ।’ प्रहरी निरीक्षक खड्काले आठ सयवटा कुपन किसानहरुलाई वितरण गरिएको जानकारी दिए ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले समेत शुक्रबार आठ सयवटा कुपन वितरण गरिएको बताए । ‘अवस्था हामीले अनुमान गरेको भन्दा फरक भएपछि प्रहरीको सहयोगमा कुपन वितरण गर्नुप¥यो,’ उनले भने, ‘शुक्रबार नै केही किसानहरुलाई सिफारिस दिने भनिए पनि सम्भव भएन ।’

गेट तोडफोड

कृषि ज्ञान केन्द्रले धान बिक्रीका लागि कुपन वितरणमा ढिलाइ गरेपछि किसानहरुले गेड तोडफोड गरेका छन् । कार्यालय खुला हुने समय १०ः०० बजिसक्दा पनि कुपन वितरण नहुँदा किसानहरु गेट तोडफोड गरेर कार्यालयभित्र प्रवेश गरेका थिए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय नेपालगन्जले कृषि ज्ञान केन्द्रको सिफारिस ल्याएपछि मात्र धान खरिद गर्ने नियम बनाएपछि किसानहरु सिफारिस लिन पुगेका थिए । समयमै कुपन नपाएपछि आक्रोस भीडमा गेड तोडफोड गरेको किसानहरुको भनाइ छ । किसानको भीडलाई हेर्दा कृषि ज्ञान केन्द्र कार्यालय परिसर र बाहिर सडकमा मेलाजस्तो देखिन्थ्यो ।

किसानहरुले विवाद गरेपछि प्रहरी परिचालन गरेर स्थिति सामान्यकरण पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।

‘कुपन वितरण गर्ने क्रममा भीड धेरै भएकोले समस्या देखिएको रहेछ,’ उनले भने, ‘खबर आएपछि भीडलाई नियन्त्रण गर्नको लागि प्रहरी नै परिचालन गर्नुप¥यो । प्रहरी समयमै पुगेकाले गेटबाहेक अन्य संरचनामा क्षति पुग्न पाएन ।’ विवादले ठूलो रुप लिन थालेपछि कार्यालय परिसरमा ५० बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २५ गते शनिबार