बाँकेको कोहलपुरमा रहेको जनआस्था बहुउद्देश्यीय सहकारी संस्थाको १४औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको एक कार्यक्रमका बीच कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै उनले सहकारीको माध्यामबाट कोहलपुरलाई प्लाष्टिकमुक्त नगर बनाउन आग्रह गरे । ‘अब सहकारीको माध्यामबाट तपाईहरु कोहलपुरलाई प्लाष्टिकमुक्त नगर बनाउन लाग्नुहोस्’ उनले भने, ‘तपाई हामी सबै मिलेर कोहलपुरलाई सफा कोहलपुर बनाउनुपर्छ ।’
उक्त अवसरमा जिल्ला सहकारी संघ बाँकेकी उपाध्यक्ष मिना सिग्देल, राष्ट्रिय सहकारी बैंक कोहलपुरका प्रतिनिधि प्रकाश कार्की लगाएतले सहकारी गरिबहरुको पक्षमा समेत रहनुपर्ने बताएका थिए ।
साधारणसभाले आर्थिक तथा प्रगति प्रतिबेदन एवम् भावी योजना समेत पारित गरेको संस्थाका अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षमा सहकारीको सेयर पुँजी एक करोड र सेयर सदस्य संख्या एक हजार पु¥याउने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्