खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारले यौन दुव्र्यवहार गरेको भन्दै मौखिम उजुरी दिने महिला कर्मचारीले लिखित जाहेरी नदिँदा प्रहरी कानुनी प्रक्रियाबाट अगाडि बढ्न नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।
‘मौखिक उजुरी आएपछि हामीले पक्राउ गरेकै थियौं,’ उनले भने, ‘पीडित भनिएकीले जाहेरी दिनु भएन । बाध्य भएर २४ घण्टापछि पीडक भनिएकालाई थुनामुक्त गरेको उनको भनाइ छ ।
‘लागू औषधलगायतका केही विषयमा प्रहरी प्रतिवेदनले काम गर्छ,’ उनी भन्छन्, ‘तर महिलामाथि हुने अभद्र व्यवहारमा प्रहरी प्रतिवेदनले मात्र काम गर्दैन । पीडित महिलाले नै जाहेरी दिनुपर्छ ।’ बलात्कारनै नभएको भन्दै उनले भने, ‘यौन दुव्र्यवहार रहेछ । के–के भयो भएन उहाँ ९पीडित भनिएकी महिला० लाई थाहा होला ।’
प्रकाशित मिति : २०७८ मंसिर २४ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्