कोहलपुरमा युवा नेतृत्व तालिम



कोहलपुर ।

बाँकेको कोहलपुरमा युवाहरुलाई लक्षित गरेर युवा नेतृत्व तालिम सुरु भएको छ । कोहलपुरको पिपरीमा रहेको साईनिङ स्टार ईङलिस मिडियम सेकेण्डरी स्कुलको आयोजनामा युवा नेतृत्व विकास तालिम सुरु भएको हो ।

मंगलबारबाट सुरु भएको तालिम आउँदो २९ गतेसम्म सञ्चालन हुने स्कुलका संस्थापक प्रिन्सीपल ओवेन्द्र केसीले जानकारी दिए । तालिममा १८ देखि ३५ वर्ष उमेर समूहका ७० जना बढी युवायुवतीको सहभागिता रहेको छ ।

उनीहरुलाई आर्ट अफ लिभिङ नेपालका काव्य लम्साल, सुबर्णा बस्नेत र सूचिता थापाले प्रशिक्षण दिइरहेका छन् । युवाहरुको नेतृत्व विकासको लागि प्रशिक्षण दिन लागिएको आयोजक साईनिङ स्टार ईङलिस मिडियम सेकेण्डरी स्कुलले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २४ गते शुक्रबार