नेपालगन्ज जाँदै गरेको बस गोरुसँग ठोक्किदा दुर्घटना (फोटोफिचर)



कोहलपुर ।

कोहलपुरदेखि नेपालगन्ज जाँदै गरेको यात्रुबहाक बस पार्वतीपुर नजिकैं सडकमा रहेको गोरुसँग ठोक्किदा दुर्घटनामा परेको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका अनुसार पार्वतीपुर नजिकै रहेको शिव मन्दिर नजिकैं गोरुसँग ठोक्किएर बिहीबार राति ८ बजेतिर बस दुर्घटनामा परेको हो ।

ठक्करबाट गोरु घटनास्थलमा नै मरेको छ भने बस सडकमै पल्टिएको छ । बसमा सवार केही यात्रुहरु सामान्य घाइते भएका छन् । बसका चालक भने फरार रहेका बताइएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २३ गते बिहीबार