कोहलपुरमा खुकुरी प्रहार गर्नेलाई पक्राउ गर्न माग गर्दै चक्काजाम



कोहलपुर ।

गत भदौं १३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर अगाडि खुकुरी प्रहार गर्नेहरुलाई पक्राउ गर्न माग राख्दै युवाहरुले ईलाका प्रहरी कार्यालय अगाडि केहीबेर चक्काजाम गरेका छन् ।

सो बेला विनय चन्दसहितको समूहले स्थानीय प्रदीप रानालाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको थियो । उनको अहिले पनि काठमाडौंमा उपचार भइरहेको छ ।

खुकुरी हान्न योजना बनाउनेसहितलाई कोहलपुर प्रहरीले पक्राउ नगरेको भन्दै आधा घण्टा युवाहरुले बिहीबार चक्काजाम गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले आरोपितहरुलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएपछि उनीहरुले चक्काजाम खोलेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २३ गते बिहीबार