गण्डकीका मुख्यमन्त्री पोखरेलद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा



काठमाडौं ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले बुधबार साँझ आयोजित एक कार्यक्रममा पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको घोषणा गर्नुभएको हो ।

बिपी कोइरालाको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन एकपटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको उहाँको भनाइ छ ।

कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २३ गते बिहीबार