बुद्ध एयरमा दुलही लिएर गए पोखराको दुईतर्फी टिकट सित्तैमा



काठमाडौं ।

बुद्ध एयरले आफ्नो विमानमा यात्रा गर्ने बेहुला-बेहुलीलाई काठमाडौं-पोखराको दुईतर्फी टिकट उपहार दिने भएको छ।

बुद्ध एयरले मंगलबार एक विज्ञप्ति जारी गर्दै नव विवाहिता जोडीलाई शुभकामनासहित पोखराको दुईतर्फी टिकट उपहार दिने बताएको हो।

यसका लागि बेहुला-बेहुलीसहित यात्रा गरेको तस्बिर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २१ गते मंगलबार