कोहलपुर ।
नेपालगन्जसँग गाभिएर महानगरपालिकामा नजाने कोहलपुर नगरपालिकाले यस अघिनै निर्णय गरिसकेको छ ।
नेपालगन्जसँग गाभिएर जाँदा कोहलपुरको अस्थित्व समाप्त हुने भन्दै कोहलपुरलाई उपमहानगरपालिका बनाउन पहल गर्ने कोहलपुर नगरपालिकाको नीति तथा कार्यक्रममै उल्लेख गगरिएको छ ।
बजनाथ र राप्तीसोनारी गाउँपालिकासँग समन्वय नगरेर कोहलपुरलाई केन्द्र बनाउँदै उपमहानगरपालिकाको तयारीमा कोहलपुर लागेको छ । यसले नेपालगन्जलाई महानगरपालिका हुनबाट केही अवरोध गर्ने छ ।
अहिले नेपालगन्ज उपमहानगरपालिका हो भने कोहलपुर नगरपालिका हो ।
प्रकाशित मिति : २०७८ मंसिर २१ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्