नेपालगन्जमा प्रशासनको अगाडी वृद्धको वेवारिसे शव फेला



नेपालगन्ज ।

बाँकेको नेपालगन्जमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँके अगाडि बुधबार दिउँसो वृद्धको शव वेवारिसे अवस्थामा फेला परेको हो । वेवारिसे अवस्थामा भेटिएको शवको परिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय अगाडिको सडक पेटीमा फेला परेको वृद्धको शव भेरी अस्पताल नेपालगन्जमा राखिएको छ ।

मृत फेला परेका पुरुष अन्दाजी ६१-६१ वर्षका मुस्लिम वर्णका रहेका छन् । कोही कसैले चिने प्रहरीमा खबर गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले सबैलाई आग्रह गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १६ गते बिहीबार