काठमाडौं ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २१ केजी सुन बरामद भएको छ । सोमबार विदेशबाट नेपाल आएका चार सय १५ जना यात्रुबाट २१ केजी बराबर सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालका प्रमुख प्रशासक महेश भट्टराईले जनाए ।
चार सय १५ जना यात्रुबाट प्रतिव्यक्ति ५०–६० ग्रामसम्म काँचो सुन सिस्टमले पहिचान गरेको प्रहरीले बताएको छ । प्रहरीले सुन नियन्त्रणमा लिएर भन्सार राजस्व तिर्न लगाएको छ ।
चार सय १५ जनामध्ये एक सय ९५ यात्रुले भन्सार महशुल तिरेर आफ्नो सुन लगेका छन् । ती यात्रुबाट १० केजी काँचो सुनको भन्सार जाँचपास गरेर करिब ९४ लाख रूपैयाँ राजस्व संकलन भएको छ ।
६० दिनभित्र आफूले तिर्नुपर्ने भन्सार रकम तिरेर लैजान सक्छन् । एक व्यक्तिले सुन आयात गर्दा अधिकतम ५० ग्रामसम्म ल्याउन पाउँछ ।
यो व्यवस्थाअन्तर्गत प्रति १० ग्राम सुनको ९ हजार पाँच सय र त्योभन्दा माथिको प्रति १० ग्राम १० हजार पाँच सय रूपैयाँ भन्सार राजस्व तिर्नुपर्ने हुन्छ ।









प्रतिक्रिया दिनुहोस्