कोहलपुर : बाँकेको कोहलपुर नगरपालिकामा वित्तीय साक्षरता÷ डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । मंगलबार ग्लोबल आईएमई बैंकको आयोजनामा कोहलपुरमा सम्पन्न भएको हो ।
बैंकको कोहलपुर शाखा म्यानेजर निर्मलराज बुढाथोकीका अनुसार वित्तीय साक्षरता÷ डिजिटल बैंकिङ्गबारे सम्पूर्ण नागरिकलाई जानकारी दिनको लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
कोहलपुर क्षेत्रमा बढ्दो व्यवसायिक वातावरण र बैंकिङ्ग कारोबारलाई लक्षित गरेको प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो । ‘पछिल्लो समय कोहलपुर बैंकमय बनेको छ । व्यवसायिक वातावरण समेत बढ्दो क्रममा रहेको छ । प्रविधिको बढ्दो प्रयोगसँगै बैंकिङ्ग कारोबारलाई मध्यनजर गरेर प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।’ उनले भने ।
कार्यक्रममा सहभागीहरुलाई मोबाइल बैंकिङ्ग÷इन्टरनेट बैंकिङ्ग,अटिएम कार्ड,डेविट कार्ड,क्रेडिट कार्ड,भाइबर बैंकिङ्ग सम्बन्धी जानकारी÷प्रशिक्षण दिइएको हो । उक्त कार्यक्रममा केन्द्रिय कार्यालयका निकिता भण्डारी, प्रदेश प्रमुख रवि श्रेष्ठ सहित कर्मचारीहरुले सहभागीलाई प्रशिक्षण गरेका थिए ।
प्रोजेक्टर मार्फत बैंकिङ्ग कारोबारका विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा कोहलपुर क्षेत्रका व्यवसायी, विद्यार्थी तथा संघ संस्थामा कार्यरत कर्मचारी सहित १ सय ५० जना बढी सहभागी थिए ।










प्रतिक्रिया दिनुहोस्