दैलेखमा भिरबाट लडेर एक वृद्धाको मृत्यु



दैलेख ।

दैलेखमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । बाख्रा चराउन गएकी ६३ वर्षीया वृद्धाको भिरबाट लडेर ज्यान गएको हो ।

लडेर नारायण नगरपालिका(४ सोतकी मैसरा कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ ।

कटुवाल रातापानी भिरबाट २ सय मिटर तल खस्नु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर साहले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १४ गते मंगलबार