नेकपा एमालेको १०औँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा बाँके जिल्लाका पाँचजना चयन भएका छन् । चितवनको सौराहामा मोहम्मद हारुन, महिला नेतृ शान्ति ढकाल र दीपा शर्मा, पूर्व जिल्ला अध्यक्ष सूर्य ढकाल र पशुपति दयाल मिश्र एमालेको केन्द्रीय कमिटीमा चयन भएका हुन् ।
सबैजना निर्विरोध चयन भएको बताइएको छ ।
विद्यार्थी राजनीति हुँदै एमालेको राजनीतिमा सक्रिय हारुन नेपालगन्जका स्थापित नेता रहेका छन् । लोकतान्त्रिक मधेसी संगठन र मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय नेतृत्वमा रहेका उनी लगातार दोस्रोपटक केन्द्रीय कमिटीमा चयन भएका हुन् । विद्यार्थी र युवा संघको राजनीति हुँदै एमालेमा सक्रिय ढकाल, पुस ५ पछि नेकपा एमाले बाँकेको अध्यक्षको भूमिकामा रहेका थिए ।
हाल लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका ढकाल सक्रिय युवा नेताको रुपमा परिचित छन् । महिला नेतृ ढकाल एमालेको पुरानो नेता हुन् । तत्कालीन भेरी अञ्चल कमिटी हुँदै एमालेको प्रदेश कमिटी सदस्य ढकाल अनेमसंघ र किसान महासंघको राजनीतिमा समेत सक्रिय छिन् ।
९आँै महाधिवेशनमा अत्यन्तै थोरै मतले केन्द्रीय सदस्यमा पराजित भएकी नेतृ ढकाल यो पटक समेटिएकी हुन् । विद्यार्थी राजनीतिबाट एमालेको राजनीतिमा सक्रिय शर्मा यसअघि पार्टीको प्रदेश कमिटी सदस्य हुन् । अनेरास्ववियुको केन्द्रीय राजनीति हुँदै युवा महिला संघको अध्यक्ष शर्मा २०६२/०६३ को जनआन्दोलनमा अनेरास्ववियूबाट सक्रिय थिइन् ।
हालैमात्र एमाले प्रवेश गरेका मिश्रा बाँकेमा स्थापित राजनीतिककर्मी हुन् । जिल्ला विकास समिति (जिविस) बाँकेका पूूर्व सभापति भइसकेका मिश्र बाँकेमा सामाजिक आन्दोलनको समेत अगुवा हुन् ।
उनी २०७४ को आमनिर्वाचनमा स्वतन्त्र राजनीतिक समूहको प्रतिनिधित्व गर्दै सूर्य चुनाव चिन्ह लिएर बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचन लडेका थिए । जिल्लाबाट केन्द्रीय सदस्यमा चयन भएका पाँचैजना केपी ओली निकट मानिन्छन् ।
प्रतिक्रिया दिनुहोस्