ईलाका प्रहरी कार्यालय अमिलिया दाङले पूर्वतिर लैजादैं गरेका दुई ट्रक अबैध गोरुहरु पश्चिमतर्फ नै फर्काइदिएको छ । बर्दियाबाट सोमबार राति लोड गरेर पूर्व हुँदै बंगलादेश लैजादैं गरेका दुई ट्रक गोरु अमिलिया प्रहरीले बर्दियातिर फर्काइदिएको हो ।
प्रहरीलाई प्रलोभनमा पारेर गोरु तस्करी गर्दै गर्दा तस्करहरुको बाधक दाङ प्रहरी बनेको छ । लामा थरका एक गोरु तस्करका नाइकेले उक्त दुई ट्रक गोरुहरु भारतबाट ल्याएर पूर्वको झापा हुँदै बंगलादेश लैजादैं थिए ।
बर्दिया प्रहरीलाई प्रलोभनमा पारेर गोरु लोड गर्न सफल भएका उनीको लागि दाङ प्रहरी बाधक बनेको हो । उच्च स्रोतका अनुसार दुई ट्रक गोरुहरु गुलरिया क्षेत्रबाट सोमबार राति लोड भएको थियो ।
पछिल्लो समय पश्चिम क्षेत्रबाट गोरु तस्करीको काम सुरु सोमबार राति पहिलोपटक सुरु भएको थियो ।
पहिलोपटक नै प्रहरीले अवरोध गरेपछि तस्करहरु गोरु तस्करीको लाईन खुला गराउनको लागि गृहमन्त्री हुँदै प्रहरी प्रधान कार्यालयमा समेत धाइरहेका छन् । दाङ प्रहरीले अबैध दुई ट्रक गोरु बर्दियातिर फर्काइदिएपछि प्रहरी प्रधान कार्यालयले समेत चासो दिएको छ ।
प्रतिक्रिया दिनुहोस्