एमाले उपमहासचिवमा ज्ञवाली, गुरुङ र रिमाल निर्विरोध निर्वाचित



चितवन ।

नेकपा एमालेको उपमहासचिव पदका लागि कसैको पनि उम्मेद्‌वारी नपरेपछि तीन जना निर्विरोध निर्वाचित भएका छन । बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि तीन जना निर्विरोध निर्वाचित भएका हुन् ।

उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुने भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि उपमहासचिवमा नपरेपछि ज्ञवाली, गुरुङ र रिमाल सर्वसम्मत उपमहासचिव भएका हुन् ।

निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १३ गते सोमबार