माओवादी केन्द्र डुडुवामा यादवको अध्यक्षतामा नयाँ नेतृत्व



नेपालगन्ज ।

नेपाल माओवादी केन्द्र डुडुवा गाउँपालिका कमिटी बाँकेको अध्यक्षमा भोला यादव चयन भएका छन् । शनिबार भएको दोस्रो पालिका सम्मेलनबाट यादवको अध्यक्षतामा ५५ सदस्सीय नयाँ कमिटी सर्वसम्मत रुपमा चयन गरिएको हो ।

जसको उपाध्यक्षमा मनवीर थापा, दयाराम यादव, पहलसिंङ विक सचिवमा प्रेमा कुमारी शाही सह–सचिवमा कालु गिरी र कोषाध्यक्षमा फैमद्दिन खाँन रहेका छन् ।

नेतृत्व सर्वसम्मत रुपमा नै चयन गरिएको नेकपा माओवादी केन्द्रका नेता अतर हुसेन फारुकीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ११ गते शनिबार