खेलकुद मन्त्री अथकको उपस्थितीमा कोहलपुरमा माओवादीको सम्मेलन सुरु



कोहलपुर ।

नेकपा माओवादी केन्द्र कोहलपुरको नगर सम्मेलन केहीबेर अघिबाट सुरु भएको छ ।

माओवादी केन्द्रका नेता तथा सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’को उपस्थितीमा कोहलपुरको न्यूरोडमा सम्मेलन सुरु भएको हो ।

देशभरका सबै पालिकामा आज माओवादीले सम्मेलन गरिरहेको छ । कोहलपुरको दोस्रो सम्मेलनअघि विभिन्न झाँकीहरुसहित बजारमा ¥याली समेत निकालिएको थियो ।

अहिले जारी उद्घाटन सत्रमा विभिन्न नेताहरुले मतव्य राखिरहेका छन् । जिल्लाका अन्य पालिकाहरुमा समेत सम्मेलन सुरु भइसकेको माओवादी केन्द्र बाँकेले जनाएको छ ।

उद्घाटन कार्यक्रममा सहिद परिवारहरु, जेष्ठ कम्युनिस्ट आन्दोलनका अग्रजहरु, कोहलपुर क्षेत्रमा योगदान पुर्‍याएका क्रान्तिकारी बुद्दिजिवीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ११ गते शनिबार