चितवन ।
एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन्।
उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताएका हुन्।
होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ। पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयासस्वरूप एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्दै बन्दसत्रमा प्रस्ताव पेस गर्दैछ।
तर रावलले भने आफू उम्मेदवारीवाट पछि हटिनसकेको बताएका छन्। उनले निकटस्थहरूसँग आफूले सात सय मत ल्याउने बताइरहेका छन्। -न्युज कारखाना
प्रकाशित मिति : २०७८ मंसिर ११ गते शनिबार
प्रतिक्रिया दिनुहोस्