बाँके क्षेत्र नम्बर २ मा स्थगित भएको मतदान सुरु



नेपालगन्ज :

बाँके क्षेत्र नम्बर २ मा स्थगित भएको कांग्रेसको निर्वाचन कार्यक्रम सुरु भएको छ । शुक्रबार(आज) बिहान ९ बजेबाट स्थानीय भेरी प्राविधिक शिक्षालयमा मतदान सुरु भएको मतदान अधिकृत गोपाल गिरीले जानकारी दिए । शुक्रबार बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सम्पन्न गर्ने निर्वाचन परिचालन समितिको निर्णय छ ।

मतदाताले इच्छाएको ब्यक्तिलाई मतदान गर्न दिने विषयमा सहमती हुन नसकेपछि बिहीबारका लागि तोकिएको मतदान स्थगित भएको थियो । एउटा पक्षले मतदाताले इच्छ्याएमा एक जनाले पाँच जनासम्मको मत हाल्न पाउनुपर्ने अडान लिएपछि र अर्को पक्षले नमान्दा विवाद बढेको थियो ।

उक्त विषयलाई निर्वाचन निर्देशिका बमोजिम सम्बोधन गर्ने गरी निर्वाचन कार्यक्रम अगाडी बढाइएको जिल्ला सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले बताए । उक्त क्षेत्रमा सभापति पदका लागि रमेश गुप्ता र विरेन्द्र शाहबीच प्रतिस्पर्धा छ । गुप्ता र शाह दुबै संस्थापन पक्षका हुन । तर, शाहलाई संस्थापन इतर (कोइराला पौडेल) पक्षको समर्थन छ । गुप्तालाई भने संस्थापन पक्षले आफ्नो आधिकारिक उम्मेदवारको रुपमा अगाडी सारेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १० गते शुक्रबार