कोहलपुर ।
बुधबार साँझ ७ बजेर ५ मिनेटमा काठमाण्डौंंबाट नेपालगञ्जका लागि नियमित उडानबाट आएको बुद्ध एयरको एब्रो जहाज नेपालगञ्ज एयरपोर्टमा अवतरणको क्रममा स्यालसँग ठोक्किएको छ ।
नेपालगन्ज विमानस्थलका प्राविधिकहरुको सूचनाको अधारमा बुद्धको ९ एन ए जे एक्स ४०७ जहाज अवतरणपछी रनवे मा दौडिरहेको अवस्थामा जहाजको पांग्रासँग ठोक्किएर क्षतबिक्षत भएको छ ।
जहाजमा रहेका सबै यात्रु सकुशल रहनुभएको छ भने जहाजमा पनि कुनै ठुलो क्षती भएको छैन । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०७८ मंसिर ८ गते बुधबार
प्रतिक्रिया दिनुहोस्