बाँके जिल्लाको प्रतिष्ठित सहकारी साकार कृषि सहकारी संस्थाले आफ्नो १० औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको
हो । सेवा केन्द्र नेपालगन्जको मुख्य आयोजनामा रक्तदान गरिएको थियो ।
कृषि सहकारीमा उल्लेख प्रगति गर्न सफल सहकारीले सामाजिक दायित्व अन्तर्गत एक कार्यक्रमका बीच रक्तदान गरेको जनाएको छ । बाँकेमा आवश्यक पर्ने रगतको अभावलाई पूर्ति गर्न समेत उक्त कार्यक्रमले मद्दत गर्ने अपेक्षा गरिएको सहकारीका मुख्य व्यवस्थापक जमाना सिंह ओलीले जानकारी दिए ।
मंगलबार बिहान बाट सुरु गरिएको रक्तदान कार्यक्रम दिउँसो ४ बजेसम्म सञ्चालन गरिएको थियो । रक्तदानमा सहकारीमा आबद्ध कर्मचारी, संस्थाका पदाधिकारी तथा सेवाग्राही समेतको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रहेको रक्त सञ्चार केन्द्रमा आयोजित कार्यक्रममा ३६ जनाले रक्तदान गरेको सहकारिका प्रबन्धक भरत केसीले जानकारी दिए ।
वार्षिक उत्सवको अवसरमा साकार कृषि सहकारीको प्रधान कार्यालय राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ टेपरी, कोहलपुर, बैजनाथ र कचनापुरमा रहेको सम्पर्क कार्यालयहरुमा मंगलबार साँझ दिप प्रज्वलन गरिएको सहकारीले जनाएको छ ।
सहकारीले सदस्यहरुको सामाजिक, साँस्कृतिक, आर्थिक तथा पारिवारिक विकास गरि खुसी र सुखी बनाउने उद्देश्य बोकेको सहकारीका अध्यक्ष मनोज कुमार मौर्यले जानकारी दिए ।
हाल साकार कृषि सहकारीले बीउ बीजन लगाएत अन्य सेवाहरुपनि प्रदान गर्दै लगेको सहकारीले जनाएको छ । सहकारीले विभिन्न जातका तरकारी तथा खाद्यान्नहरुको बीउ उत्पादन तथा प्रशोधन र बजारीकरणका काम गरिरहेकोमा बचत संकलन र कर्जा लगानी समेत गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्