कोहलपुर ।
नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को सभापति पदको लागि संस्थापनइतर समूहबाट पोषण केसीले उम्मेदवारी दिएका छन् ।
संस्थापन इतर समूहबाट क्षेत्रीय सभापतिको उम्मेदवारको रुपमा हेरिएका पूर्ण आचार्यले केसीलाई नै समर्थन जनाएपछि केसी सर्वसम्मत रुपमा उक्त समूहबाट उम्मेदवार बन्ने पक्का भएको हो ।
संस्थापन इतर समूहका नेता समेत रहेका आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेस बाँके क्षेत्र न १ को क्षेत्रीय सभापति पदमा हाम्रो समूहले पोषण के.सी. को नाममा सर्वसम्मत निर्णय गरेको छ मेरो पूर्ण समर्थन छ । हाम्रो उम्मेदवारलाई बिजय गराउनुहुन सम्पुर्ण प्रतिनिधिज्युहरु मा हार्दिक अपिल गर्दछु ।
प्रकाशित मिति : २०७८ मंसिर ७ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्