देशभर चिसो बढ्यो, आज पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने



काठमाडौं ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

मंगलबार देशका पहाडी भू-भागमा आंशिक रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

हिमपातको सम्भावना रहनुको साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ७ गते मंगलबार