नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ३ वटा प्रतिनिधी सभा क्षेत्रमा बुधबारबाट निर्वाचन कार्यक्रम सुरु हुने
भएको छ ।
बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा बुधबार बिहान १० बजेबाट एकैसाथ मतदाता नामावली प्रकाशन, उम्मेदवारी मनोनयन लगायत निर्वाचन कार्यक्रम सुरु हुने भएको हो ।
उम्मेदवारी मनोनयन पश्चात तीन वटै क्षेत्रमा बिहीबार मतदान कार्यक्रम सम्पन्न गरिने जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले जानकारी दिए ।
निर्वाचनमा खटाउनुअघि तीन वटै क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आज नेपालगन्जमा अभिमुखिकरण गरिनेछ । प्रतिनिधी सभा क्षेत्रको निर्वाचनबाट क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधी निर्वाचित हुने सहायक निर्वाचन अधिकृत एवम् अधिवक्ता चित्रबहादुर शाहीले बताए ।
जिल्ला निर्वाचन परिचालन समिति बाँकेको सोमबार बसेको बैठकले क्षेत्रको निर्वाचनलाई पनि शान्तिपूर्ण रुपले सम्पन्न गर्नका लागि दक्ष जनशक्ति परिचालन, शान्ति सुरक्षा तथा अनुगमनलाई ब्यापकता दिने निर्णय गरेको नेपाली कांग्रेस १४ औं महाधिवेशन जिल्ला निर्वाचन परिचालन समिति बाँकेले जनाएको छ ।
१४ औं महाधिवेशन अन्तर्गत बाँकेमा यसअघि वडा, पालिका र प्रदेश निर्वाचन क्षेत्रमा निर्वाचनका कार्यक्रमहरु सम्पन्न भइसकेका छन् ।










प्रतिक्रिया दिनुहोस्