जोखिममा धार्मिकस्थल रिहार



शिवु खनाल । दाङ ।

नेपाल सरकारको एकसय गन्तब्यमा परेको दाङको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल रिहार जोखिममा परेको छ । लमही नगरपालिका वडा नम्बर ९ रिहारमा रहेको ऐतिहासिक, धार्मिक पर्यटकीय स्थल बगार बाबा धार्मिक विकास क्षेत्रको संरक्षण नहुँदा यतीबेला जिर्ण बन्दै गएको हो । स्थानीय सरकारले चासो समेत ऐतिहासिक, धार्मिक पर्यटकीय स्थल जिर्ण बन्दै जाँदा समेत संरक्षणमा चासो दिएको छैन ।

पूर्वपश्चि राजमार्ग महेन्द्र राजमार्गमा रहेको बगार बाबा धार्मिक विकास क्षेत्र ओझेलमा पढ्दै गएको छ । ऐतिहासिक र धार्मिक पुरातत्वका दृष्टिले मात्र नभइ, मनोरम प्राकृतिक दृश्यहरूले भरिभराउ रहेको धार्मिक विकास क्षेत्र रिहारको संरक्षण गर्नु मुख्य दायित्व रहेता पनि अहिलेसम्म स्थानीय सरकारको ध्यान पुग्न नसकेको स्थानीय बताउँछन् । बगार बाबा धार्मिक विकास क्षेत्र रिहारमा विभिन्न मठ—मन्दिरहरु रहेका छन् ।

उक्त क्षेत्रमा रहेको तप्तकुण्डमा स्नान गर्नको लागि प्रत्येक वर्ष माघे संक्रान्तिका दिन नेपालीसहित भारतीय तिर्थालुहरुको भिड लाग्ने गर्दछ । धार्मिक विकास क्षेत्र रिहारमा माघ संक्रान्तिको दिनदेखि तीनदिनसम्म ठूलो मेला लाग्ने गर्दछ । मेलामा प्रत्येक वर्ष दुई लाख बढी तीर्थालुहरुले पुजापाठ र अवलोकन गर्ने गर्छन् । तर, संरक्षण अभावमा लामो इतिहास बोकेको धार्मिक विकास क्षेत्र रिहार संकटमा पर्दै जान थालेको छ ।

उक्त क्षेत्रमा रहेका संरचना जीर्ण बन्दै गएका छन् । धार्मिक तथा ऐतिहासिक स्थलहरू मर्मतसम्भारको पखाईमा छन् । तीनै तहका सरकारसँग सम्पदाको संरक्षका लागि ठोस योजना भने अहिलेसम्म छैन् ।

अधिकांश पालिकाहरूले ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू जोगाउने नीति, कार्यक्रम र बजेट ल्याएपनि प्रभावकारी कार्यान्वयन भएको पाइँदैन । सम्बन्धीत निकायले ऐतिहासिक, धार्मिक पर्यटकीय स्थलको संरक्षण तर्फ ध्यान नदिदा संकट अवस्थामा पुगेको पाइन्छ ।

भेटिएन चोरी भएको मूर्र्ती

प्रसिद्ध धार्मिक स्थल बगारबाबा धार्मिक विकास क्षेत्र भित्र रहेको मूर्र्ती हराएको वर्षौ बितिसक्दा पनि सम्बन्धीत निकायको अहिलेसम्म ध्यान पुग्न सकेको छैन । बगारबाबा शिव मन्दिर भित्र रहेको चर्तुमुख भएको शिवजीको मूर्र्ती र भौढी ढुङ्गा (शिला) मन्दिर परिसर भित्रैबाट हराएको वर्षौ बितिसक्दा पनि सम्बन्धीत निकाय बेखबर बनेको हो । सरकारको एकसय गन्तव्य मध्येको एक बगारबाबा रिहार धामको मन्दिरको नजिकै प्रहरी चौकी रहेपनि प्रहरीलाई समेत झुक्काएर मूर्र्ती चोरी भएको थियो ।

रिहार धार्मिक स्थलकोे विषयमा अध्ययन अनुसन्धान गरेका उदयराज आलेले मूर्र्तीको प्रशङ द्धापर युगसंग जोडिएको भएपनि मूर्र्तीपछी स्थापना गरिएको बताउँछन् । हालसम्म उक्त शिला नभेटिपछी अर्को शिलाको व्यवस्थापन गरिएको छ । ७५ किलोग्रामको भौडी ढुङ्गालाई काँधमा राखेर बगार बाबा मन्दिरको परिक्रमा गर्ने हो भने इच्छाएको कुरा पुरा हुने विश्वास गरिन्छ । ढुङ्गा बोक्न भक्तालुको होडबाजी लाग्ने गर्छ । कस्ले उठाउन सक्छ भन्दै एक आपसमा बाजी पनि थाप्ने चलन छ ।

यो प्रचलन वर्षौ पहिलेदेखि चल्दै आएको बताइन्छ । बगार बाबाको भौडी ढुङ्गा उचाल्न सक्नेहरु बीर र सफल व्यक्ति कहलिन्छन् । तर, सोही ढुङ्गा नै हराएपछि रिहारको महत्वमा कमी आउने लमही नगरपालिका वडा नम्बर ८ सतवरीया निवासी सुरज चौधरीले बताए ।

यस्तै गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास नाकामार रहेको रामजानकी मन्दिर पनि जिर्ण बन्दै गएको छ । जनकपुर धामपछि नेपालाको दोस्रो ठूलो दाङको कोइलाबास नाकामा रहेको रामजानकी मन्दिरको मर्मतसम्भारमा स्थानीय पालिकाले ध्यान नदिदाँ ओझेलमा पर्दै गएको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ७ गते मंगलबार