कार दुर्घटना हुँदा बिग बोसकी कलाकार अर्शी खान गम्भीर घाइते, अस्पताल भर्ना



बिग बोस फेम टीभी कलाकार अर्शी खानका फ्यानहरूका लागि दुःखद खबर छ।

सोमबार भारतको राजधानी दिल्लीको मालवीय नगर क्षेत्रमा कार दुर्घटना हुँदा अर्शी गम्भीर घाइते भएकी हुन्।

उनलाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ६ गते सोमबार