बुटवल उपमहानगरपालिका- ३ का वडाअध्यक्ष ७३ वर्षीय लालप्रसाद बस्यालको मृत्यु भएको छ ।
लामो समयदेखि बिरामी रहेका बस्यालको आज घरमै शौचालयमा लडेपछि अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।
बुटवलको गोलपार्कमा स्थायी बसोबास गर्दै आउनुभएका बस्याल सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय थिए ।
गएको स्थानिय तहको निर्वाचनमा विजयी भएपछि उनले सडक, खानेपानी तथा सरसफाईलाई वडाभित्र नमुना बनाएका थिए । बुटवल उपमहानगरपालिकाले वडाअध्यक्ष बस्यालको मृत्युले एक असल कर्मनिष्ठ जनप्रतिनिधि गुमाएको भन्दै समवेदना व्यक्त गरेको छ ।
प्रकाशित मिति : २०७८ मंसिर ६ गते सोमबार
प्रतिक्रिया दिनुहोस्