लुम्बिनी प्रदेशका विवादित प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्यको सरुवा भएको छ । गृह मन्त्रालयले विवादित बनेका आचार्यलाई चार महिनामै हटाइएको हो । उनले २०७८ असार ७ मा लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका थिए ।
लुम्बिनीमा डीआईजी प्रकाश अधिकारीलाई सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । आचार्यलाई भने लागु औषध नियन्त्रण ब्यूरोमा सरुवा गरिएको छ । आचार्यको कार्यसम्पादन कमजोर देखिएको प्रहरी प्रधान कार्यालयले गरेको छानबिनबाट देखिएको थियो ।
आचार्यले गलत नियत राखेर कारबाही गरेपछि तत्कालीन ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका प्रहरी निरीक्षक कपिल वाग्लेले मृत्यु रोजेको आरोप छ । साउन २५ मा मोटरसाइकलमा ठोक्किएर वाग्लेको मृत्यु भएको थियो ।
आईजीपीको सचिवालयमा कार्यरत डीआईजी वसन्त कुमार लामालाई प्रबन्ध निर्देशनालयमा सरुवा गरिएको छ ।
प्रकाशित मिति : २०७८ मंसिर ५ गते आइतबार
प्रतिक्रिया दिनुहोस्