बाँसगढीमा सहिद र बेपत्ताका परिवारलाई सम्मान



मधुर पौडेल । बाँसगढी ।

विस्तृत शान्ति सम्झौता भएको अवसरमा सहिद र बेपत्ता परिवारलाई बाँसगढी नगरपालिकाले सम्मान गरेको छ । १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा शहिद तथा बेपत्ता भएका परिवार हरुलाई आईतबार बाँसगढी नगरपालिकाले एक कार्यक्रम गरेर सम्मान गरेको हो ।

उनीहरुले सोबेला गरेको संघर्षको मूल्यांकन गर्दै (सामाजिक न्याय र सम्मानको लागि हाम्रो प्रतिबद्धता) नाराका साथ उनीहरुका परिवारलाई कदर पत्रले सम्मान गरिएको थियो ।

सहिद र बेपत्ताका परिवारहरुलाई बाँसगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारीले सम्मान गरेका थिए । सो अवसरमा बोल्ने उनले शहिद र बेपत्ता भएकाहरुको भूमिकाले आज मुलुकमा परिवर्तन आएको बताए ।

‘बाँसगढीमा रहेका पीडितलाई न्याय दिलाउने लगायतको दायित्व र जिम्मेवारी स्थानीय सरकारको समेत रहेको छ’ उनले भने, ‘सोही कारण आज हामीले सहिद तथा बेपत्ताका परिवारहरु सम्झिएका हौं ।’ स्थानीय सरकारले द्वन्द्वपीडितका परिवारका मागलाई सम्बोधन गर्दै न्युनतम स्रोत र साधनको अधिकतम् प्रयोग गर्दै आर्थिक आयआर्जन, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग पु¥याउने उनले दाबी गरे ।

सहिद तथा बेपत्ता भएकाहरुको सम्झनामा बाँसगढीमा स्तम्ध बनाउने लगायतका कामहरु बाँसगढी नगरपालिकाले गरेको अधिकारीले बताए । कार्यक्रममा बोल्दै विभिन्न राजनीतिक दलहरुका प्रतिनिधिहरुले १० वर्षे शसस्त्र द्वन्द्वका क्रममा सहिद र बेपत्ता भएका परिवारहरुलाई नगरपालिकाले गरेको कार्य एकदमैं सह्रानीय रहेको बताएका थिए ।

द्वन्द्व पीडित समिति बर्दियाको अध्यक्ष भागीराम चौधरीले पीडित परिवारले सत्य तथ्य थाहा पाउनुपर्ने दोषीले सजाय पाउनुपर्ने लगायतका माग आफुहरुको रहेको बताए । कार्यक्रममा एक सय जना सहिद तथा बेपत्ता भएका परिवारहरुलाई सम्मान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ६ गते सोमबार