नेल्टा बाँकेको अध्यक्षमा खत्री



कोहलपुर ।

नेपाल अंग्रेजी भाषा शिक्षक संघ बाँके शाखाको अध्यक्षमा टर्क बहादुर खत्री चयन भएका छन् । शनिबार कोहलपुर–१० स्थित राम जानकी उच्च माविमा सम्पन्न १२ औं वार्षिक भेटघाट कार्यक्रमको आयोजना गरेर खत्रीको अध्यक्षतामा ११ सदस्यीय नेल्टा बाँकेको नयाँ कार्य समिति चयन गरिएको हो ।

उक्त भेलाबाट उपाध्यक्षमा सञ्जीव कुमार सिङ्घल, सचिवमा विशाखर जैशी र कोषाध्यक्षमा कमल घर्ती चयन भएका छन् । यस्तै सदस्यहरुमा देवी गुरुङ, बिन्दु सुवेदी, शिव शरण उपाध्याय, सञ्जीव पौडेल, गणेश खड्का, पवित्रा घिमिरे र ताराचन्द्र योगीलाई चयन गरिएको अध्यक्ष खत्रीले जानकारी दिए । उक्त अवसरमा बोल्दै अध्यक्ष खत्रीले संघलाई क्रियाशिल बनाइने बताएका थिए ।

उनका अनुसार जिल्लाका अंग्रेजी शिक्षकहरुलाई एकताबद्ध बनाउने प्रयास गरिनेछ । उनले तत्काल नेल्टा बाँके शाखाको कार्यालय स्थापना गरिने जानकारी दिए । यस्तै जिल्लाका आठ वटै स्थानीय तहमा पनि पालिका स्तरीय संघ गठन गर्ने अध्यक्ष खत्रीको भनाइ छ । ‘मलाई नेतृत्वको जिम्मेवारी दिनुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ।

सम्पूर्ण टिम मिलेर नेल्टा बाँके शाखालाई गतिशिल बनाइेछ’, उनले भने, ‘पेसागत हकहित र वृद्धि विकासको लागि सरोकारवाला निकायसँग समन्वय गरिनेछ ।’ १२ औँ वार्षिक भेटघाट कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।

उक्त अवसरमा उनले नगरपालिका शिक्षकहरुको पेसागत हितको लागि काम गर्न आफू तयार रहेको बताए । उनका अनुसार अंग्रेजी शिक्षा अहिलेको आवश्यकता रहेको दाबी गरे ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ५ गते आइतबार