कोरोना परास्त गर्दै खेल गतिविधिहरुलाई चलायमान बनाउनुपर्छः मन्त्री अथक



नेपालगन्ज ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले कोरोनालाई परास्त गर्दै खेल गतिविधिहरुलाई चलायमान गराउनुपर्ने समय आएको बताएका छन् ।

शनिबार नेपालगन्ज म्याराथनको उद्घाटन गर्दै मन्त्री गहतराजले सो कुरा बताएका हुन् । मन्त्री अथकले नेपालगन्ज म्याराथनलाई स्थापित म्याराथनका रुपमा सूचीकृत गराउन पहल गर्ने बताए ।

उनले खेल क्षेत्रको विकासका लागि मन्त्रालयले नयाँ योजना तथा नीति तय गरेका बताए । म्याराथनमा सहभागी हुन नेपालगन्ज पुगेका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताए ।

महानायक हमालले नेपालगञ्ज म्याराथनको विशेष समारोहमा सहभागी हुन आएको भन्दै खुसी ब्यक्त गरे । स्वास्थ्यसँग सम्बन्धित नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरमै स्थापित गराउनुपर्नेमा हमालले जोड दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ४ गते शनिबार