करिब १ लाख नगदसहित मधुवनबाट ६ जुवाडे पक्राउ



बर्दिया ।

जिल्लाको मुधवन नगरपालिकाबाट प्रहरीले जुवा खालमा छापा मारेर करिब एक लाख नगदसहित ६ जुवाडेलाई पक्राउ गरेको छ ।

मधुवन नगरपालिका– ६ बुद्ध नगर टोलमा रहेको झक्कु सुनारको घरमा भइरहेको जुवा खालमा ईलाका प्रहरी कार्यालय ढोढरीको टोलिले मंगलबार छापा मारेको थियो ।

जुवातास खेलिरहेको बिशेष सूचनाको आधारमा पुगेको प्रहरीले जुवा खालबाट रकमसहित ६ जनालाई पक्राउ गरेको हो ।

जुवा खालबाट पक्राउ पर्नेमा मधुवन नगरपालिका– ८ का ईश्वरराज विक, सोही ठाउँका केशवराज अधिकारी, तिर्थ विक, वडा नम्बर– ६ का लाल बहादुर विष्ट, सोही ठाउँका बलविर सुनार र सोही ठाउँका घरधनी झक्कु सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट ९१ हजार ९५५ रुपैयाँ र जुवा खेल्न प्रयोग गरिएका ताससमेत प्रहरीले बरामद गरेको थियो ।

पक्राउ परेका ६ जनामाथि जुवा सम्बन्धी कसुरमा म्याद थप गरि आवश्यक अनुसन्धान जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । जुवा खालमा छापा मार्न मधुवनमा ईलाका प्रहरी कार्यालय ढोढरीका ईन्चार्ज राजन कुमार गौतमको टोलि पुगेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २ गते बिहीबार