29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

प्रहरीको बल प्रयोगबाट बार अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर २, २०७८  

काठमाडौं ।

सर्वोच्च अदालत परिसरमा भर्नाका बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप भएको छ । झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् ।

वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आएको थियो ।

झडपका क्रममा श्रेष्ठलगायत सामान्य घाइते भएका हु्न् । श्रेष्ठले प्रहरीले लठ्ठीले छातीमा घोचेर ठेलेको बताए । वकिलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित छन् ।

प्रकाशित मितिः बिहिबार, मंसिर २, २०७८     12:02:53 PM  |