एमाले अध्यक्ष ओली नेपालगन्ज आइपुगे, पशुपति दयाल मिश्रासहितकालाई एमाले प्रवेश गराउने



Prime Minister KP Sharma Oli addressing a meeting held to consult with specialists on COVID-19 pandemic, at his officail reidence in Baluwatawr, Kathmandu, on Wednesday, June 3, 2020. Photo: Rajan Kafle/PM’s Secretariat

नेपालगन्ज ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बाँकेको नेपालगन्ज पुगेका छन् ।

स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्रसहितका तीन हजारभन्दा नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन ओलीे नेपालगन्ज पुगेको एमाले नेता देवराज भारले जानकारी दिए ।

केही समयअघि उनी नेपालगन्ज पुगिसकेको उनले बताए । उनलाई विमानस्थलबाट विशेष सुरक्षाका साथ कार्यक्रमस्थलमा पुर्याइएको छ ।

मिश्रसहित साविकको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अब्दुल करिम खान, साबिक तमलोपाका जिल्ला अध्यक्ष गिरिजाप्रसाद पाठकलगायतका तीन हजारभन्दा बढी विभिन्न पार्टीका नेता कार्यकर्ता पार्टी प्रवेश गर्न लागेको एमाले केन्द्रीय सदस्य मो. हारुनले बताए ।

केही समययता कार्यकर्तासहित एमाले प्रवेश गर्ने तयारीमा मिश्र रहेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १ गते बुधबार