भारतको झारखण्डको राँचीमा प्रहरीले एक मोडललाई पक्राउ गरेको छ । मोडलमाथि लागुऔषध कारोबारमा समावेश भएको आरोप छ । ती मोडलसहित अर्का एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार मोडलले युवालाई निशानामा पार्थिन् र लागुऔषधको कारोबार सञ्चालन गर्थिन् । राँचीको सुखदेव नगर प्रहरीले महिला मोडलसहित दुई व्यक्तिलाई लागुऔषध कारोबारमा समावेश भएको आरोपमा पक्राउ गरेको छ ।
गिरोहका सदस्य फरारः
राँचीको सुखदेव नगर थाना क्षेत्रमा चलिरहेको ड्रग्स कारोबारमाथि प्रहरीले कारवाही गरेको हो । गिरफ्तारीको क्रममा गिरोहका सदस्य फरार हुन सफल भएका छन् ।
प्रहरीले पक्राउ गरेको मोडलको नाम ज्योति भारद्वाज बताइएको छ । गिरफ्तार मोडल पछिल्लो साढे दुई वर्षदेखि दिल्लीमा बस्थिन् र हालैमात्र राँची आएकी थिइन् र गान्त्री नामक ड्रग्सको तस्करको सम्पर्कमा आएपछि यो अवैध कारोबारमा संलग्न भएकी थिइन् ।
मोडलले एजेन्टलाई भर्ती गराउँथिन्ः
जानकारीका अनुसार मोडल नशाको प्याकेट ओसारपसार गर्नका लागि एजेन्टको भर्ती गर्थिन् र ड्रग्स लिने युवकलाई आफ्नो सुन्दरताको जालमा फसारएर उनीहरुमार्फत् ड्रग्सको अवैध कारोबार गराउँथिन् ।
गिरफ्तार मोडल ज्योति भारद्वाजलाई विद्यानगरबाट पक्राउ गरिएको हो र उनीहरुसँग २८ ग्राम ब्राउन सुगर बरामद गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्