नेपालको सबैभन्दा जेठो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सव मनाएको छ । वि.स. १९९४ सालमा श्री ३ जुद्ध शमशेरको पालामा स्थापना भएको नेपालको सबैभन्दा पूरानो बैंकले देशभर वार्षिकोत्सव मनाएको हो ।
बैंकको वार्षिकोत्सव बाँकेमा समेत विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा नेपालगन्जमा रहेको सिटी अफिस र कोहलपुर शाखाले सामाजिक कार्य गरेका छन् । उक्त अवसरमा नेपालगन्जस्थित समाज विकास तथा प्रवद्र्धन विकास केन्द्रले सञ्चालन गरेको बालआश्रममा फलफूल तथा खाद्यान्न वितरण गरिएको थियो ।
बैंकका सिटी अफिस नेपालगन्जका प्रबन्धक रुपेश श्रीवास्तवले वार्षिकोत्सवको अवसरमा बालआश्राममा रहेका बालबालिकाहरुलाई फलफूल र खाद्यान्न वितरण गरिएको हो ।
उनका अनुसार गौरवमय इतिहास बोकेको नेपाल बैंक लिमिटेडले सामाजिक कार्य समेत गर्दे आएको छ । बैंकका कोहलपुर शाखाका प्रबन्धक दीपकराज ओली पनि वर्षेनी वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा असहाय तथा विपन्न नागरिकहरुलाई सहयोग गर्दै आएको जानकारी दिए ।
‘विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि हामीले दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएका छौं’ उनले भने, ‘यसपाली पनि असहाय तथा विपन्न नागरिकहरुलाई सहयोग गरिएको थियो ।’ फलफुल तथा खाद्यान्न वितरण कार्यक्रममा बैंकका अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्