बर्दियाको राजापुर नगरपालिकाकी एक नाबालिकालाई एक्कासी मृगी रोग देखा प¥यो । उनको उपचारको लागि परिवारले धेरै ठाउँ चहा¥यो । एकतिर घरको आर्थिक अवस्था कमजोर अर्कातिर मृगी रोगको उपचार गराउनुपर्ने बाध्यता । तीन नाबालिकाको परिवार निकै सकस थियो ।
‘अजिङगरको आहारा दैवले जुराउँछ’ भने उपचारको विकल्प खोजिरहेका उनीहरुले गाउँभित्रै प्राकृतिक चिकित्साको माध्यमबाट उपचार गर्ने व्यक्ति छन् भन्ने थाहा पाए । विगत एक वर्षदेखि उनीहरु ती व्यक्तिको घरमा उपचार गराइरहेका थिए ।
उनको घरमा अरु गाउँले समेत उपचारको लागि आउने जाने गरिहरन्थे । विगत १५ वर्षदेखि गाउँमा उपचार गराइरहेका ती व्यक्तिको उपचारमा गाउँलेहरुले विश्वास गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार कार्तिक २३ गते गाउँलेहरुले ती व्यक्तिको उपचारको नाममा हुने गरेको गम्भीर कर्कुत थाहा पाए ।
सो दिन गाउँकै एक अर्का व्यक्ति आफ्नो उपचारको लागि उनको घरमा गएको समयमा ती व्यक्ति १ वर्षदेखि मृगी रोगको उपचार गराइरहेकी ती नाबालिकामाथि ‘बलात्कार’ गरिरहेका रहेछन् । प्रहरीका अनुसार उपचारको लागि आएका अर्को व्यक्तिले ती व्यक्तिलाई करणी गरिरहेको अवस्थामा फेला पारेका थिए । आफ्नो कर्कुत थाहा भएपछि भागेर भारततर्फ जाँदै गरेका ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले २४ गते पक्राउ गरेको थियो ।
उनीमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) हेम बहादुर शाहीले जानकारी दिए । बर्दिया प्रहरीले सोमबार सार्वजनिक गरेको प्रेस नोटमा करणी गरिरहेका व्यक्तिको विगतका विषयमा अनुसन्धानका क्रममा खुलेको कुरा समेत उल्लेख गरेको छ । डीएसपी शाहीका अनुसार उपचारको लागि अवैध धन्दा चलाउँदै आएका पीडक र पीडित नाबालिका एकै गाउँका हुन् ।
करणी आरोपमा पक्राउ परेका व्यक्ति बृद्ध रहेका छन् । प्रहरीले पक्राउ गरेका बृद्ध १५ वर्षभन्दा अगाडीदेखि गाउँ–घरमा ज्याला मजदुरी तथा मिस्त्री काम गर्थे । सोही बेलादेखि नै आफ्नै घरमा मृर्गी रोग, पिनास, टाउको दुख्ने, सर्पले टोकेको व्यक्तिलाई जडिबुटीबाट उपचार गर्दै आएको अनुसन्धानबाट खुलेको डीएसपी शाहीले जानकारी दिए । बृद्धले सर्पले टोकेको ५ हजार, पिनासको ५ हजार र मृगीको ८ हजार लिने गरेको पाइएको छ । यती सम्मकी जडिबुटी सम्बन्धी औपचारिक अध्ययन समेत नभएका उनले स्थानीय जडिबुटीहरुको धूलो बनाई औषधीको रुपमा दिने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको उनी बताउँथे ।
‘उपचारको निहुँमा नाबालिकालाई बलात्कार गर्ने व्यक्ति पक्राउ परेका छन् । अहिले पनि थप अनुसन्धान भइरहेको छ । पीडित बालिका भने आफन्तको संरक्षणमा छन् । उनको अन्य स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै डीएसपी शाहीले भने । यता, जिल्ला प्रहरी कार्यालय बाँकेले अहिले पनि जिल्लाका विभिन्न क्षेत्रमा यस्ता कार्यप्रति सचेत हुन, अन्धविश्वासमा नपर्न र अरु कोही पीडित हुनु भएको छ भने सम्पर्क राख्न जिल्लाबासीलाई अनुरोध गरेको छ ।
फरार प्रतिवादी पक्राउ
यसैबीच बर्दिया प्रहरीले सरकारी कागजात किर्ते मुद्दाको फरार प्रतिवादी पक्राउ गरी जिल्ला अदालत गुलरियामा बुझाएको छ ।
बर्दिया जिल्ला अदालत गुलरियाका २०७५ बैशाख २७ गतेको फैसला आदेशले सरकारी कागजात किर्ते मुद्दामा १ महिना कैद र ५० रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादी जिल्ला बर्दिया ठाकुरबाबा–१ भुरिगाँउका चन्द्रबहादुर सुनारलाई नियन्त्रणमा लिएर अदालतमा बुझाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्