७२ वर्षीय थारु पक्राउ



नेपालगन्ज ।

जिल्ला प्रहरी कार्यालय बाँकेले लागु औषध मुद्दामा फरार रहेका एक वृद्धलाई पक्राउ गरेको छ । बाँके जिल्ला अदालतले २०७७ मंसिर १५ गते कैद फैसला सुनाएका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका– १० का ७२ वर्षीय बुधराम भन्ने बुधवा थारु रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसूदन न्यौपानले जानकारी दिए ।

उनका अनुसार थारुलाई बाँके जिल्ला अदालतले लागु औषध मुद्दामा एक वर्ष चार महिना एक दिन कैद फैसला सुनाएको थियो । सोही बेलादेखि फरार रहेका उनीलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलिले घरैबाट पक्राउ गरेको हो ।

पक्राउ परेका थारुलाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पछिल्ला दिनहरुमा बाँके प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेर अदातलमा बुझाइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २९ गते सोमबार