बाँकेको खजुरामा रहेको कुखुरा विकास फार्ममा ग्रामिण कुखुरा पालन तथा ह्याचरि व्यवस्थापन तालिम सुरु भएको छ । ७ दिनसम्म सञ्चालन हुने तालिममा लुम्बिनी प्रदेशका व्यवसायिक तथा ग्रामिण किसानहरुको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन पशु सेवा तालिम केन्द्र नेपालगन्जका प्रमुख डा. टेकनाथ आचार्यले गरेका थिए । सो अवसरमा उनले लिन लागेको तालिमलाई ध्यान पुर्वक लिएर त्यसको सहि सदुपयोग गर्न अनुरोध गरे । डा. आचार्यले सिप सिकाईले उत्पादनतर्फ लैजान मद्धत गर्ने भएकाले अब किसान व्यवसायिक बन्न पर्नेमा जोड दिए ।
कुखुरा पालनबाटै ग्रामिण किसानहरुले जिविको चलाउन सक्ने भएकाले यसतर्फ आर्कषण बढ्दै गएको छ । किसानलाई कुखुरा पालनका साथै ह्याचरि व्यवस्थापन सम्बन्धि सिप सिकाईने भएकाले तालिम लिन आउनेहरु व्यवसायिक बन्नेमा ढुक्क रहेको कुखुरा विकास फार्म खजुराका फार्म प्रबन्धक डा. शंकर न्यौपाने विश्वास लिएका छन् ।
तालिममा सहभागिहरुलाई व्यवसायिक सिप प्रदान गरी कुखुरा पालन गर्न सक्षम बनाईने उनले बताए । कुखुरा विकास फार्मले दिने सेवालाई थप विस्तार र सहज गराउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको र स्थानीय तथा ग्रामिण कुखुराहरुको श्रोत केन्द्र स्थापन हुनेमा फार्मले विश्वास लिएको फार्म प्रबन्धक डा. न्यौपानेले उल्लेख गरे ।
पहिलो चरणमा लुम्बिनी प्रदेशका ६ जिल्लाका ६ जना किसानको सहभागिता रहेको छ । तालिम लिन आएका स्थानीय तथा ग्रामिण कुखुरा पालन गर्ने किसानहरुलाई सक्षम बनाएर पठाइने फार्मले जनाएको छ ।
बाहिरी श्रोत केन्द्र स्थापना तथा स्वरोजगार कार्यक्रम अन्तरर्गत कुखुरा विकास फार्मले तालिम दिन सुरु गरेको हो । तालिम दिईसकेपछि किसानहरुलाई व्यवसायिक बनाउन फार्मले सामान्य सहयोग स्वरुप चल्ला तथा माउ पनि उपलब्ध गराउनेछ ।
प्रतिक्रिया दिनुहोस्