बानियाँभारमा बिहानैदेखि चक्काजाम, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन



नेपालगन्ज ।

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएपछि बाँकेको बानियाभारमा चक्काजाम गरिएको छ ।

बैजनाथ गाउँपालिका– ४ बानियाभारमा शुक्रवार राती पौने ९ बजे सुर्खेतदेखि कोहलपुरतर्फ आउँदै गरेको भे ८ प ५११० नम्बरको मोटरसाइकलले सोही स्थानका दिप बहादुर वलीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका वलीको उपचारका क्रममा शनिबार दिउँसो ४ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको
थियो ।

वलीलाई ठक्कर दिने मोटरसाइकल फेला परेपनि चालक फरार रहेकाले तत्काल चालकलाई उपस्थित गराउन माग गर्दै त्यहाँ स्थानीयहरुले आज बिहान ८ बजेदेखि राजमार्गमा चक्काजाम गरेका छन् ।

चक्काजामबाट आवागमन ठप्प भएको छ । अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २८ गते आइतबार